Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

व्यवसायी खड्का भारतमा 'सुन चोर्ने' गिरोहसँग मिलेको आशंका

व्यवसायी खड्का भारतमा 'सुन चोर्ने' गिरोहसँग मिलेको आशंका

आइतवार , बैशाख २१, २०८२

कैलाली । कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का पक्राउ परेका छन् ।

भारतबाट हुने सुन चोरी प्रकरणमा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय मालाखेतिको टोलीले आइतबार खड्कालाई पक्राउ गरेको हो ।

भारतबाट सुन चोरी गरी नेपाल भित्र्याउने तथा कारोबारमा संलग्न गिरोहसँग खड्काको सम्पर्क पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोत बताउँछ ।

यही क्रममा धनगढीका दुई सुनचाँदी व्यवसायीलाई समेत नियन्त्रणमा लिइएको छ, तर उनीहरूको नाम अहिलेसम्म प्रहरीले गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनराज बुढाथोकीले खड्काको पक्राउ पुष्टि गर्दै हाल अनुसन्धान जारी रहेकाले विस्तृत विवरण सार्वजनिक गर्न नसकिने बताए ।

व्यवसायी खड्का इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुखसँग नजिक हुने गरेका थिए । तर अहिले मालाखेतिका प्रहरी प्रमुखको सरुवा भएको मौका छोपि कैलाली प्रहरीले खड्कालाई पक्राउ गर्न सफल भएको हो ।

सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ । भारतमा सुन चोरी गर्ने र त्यसलाई नेपालमा खरिदबिक्री गर्ने गिरोहमाथि सुदूरपश्चिम प्रहरीले व्यापक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077