Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

इलाका प्रहरी कार्यालय लालबन्दीको नेतृत्वमा इन्स्पेक्टर जोहारीको 'इन्ट्री' !

इलाका प्रहरी कार्यालय लालबन्दीको नेतृत्वमा इन्स्पेक्टर जोहारीको 'इन्ट्री' !

सोमवार , बैशाख २२, २०८२

सर्लाही । प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्र सिंह जोहारीले इलाका प्रहरी कार्यालय लालवन्दीको जिम्मेवारी सम्हालेका छन् ।

आइतबार उनले कार्यालयमा हाजिर भई औपचारिक रूपमा प्रमुखको जिम्मेवारी ग्रहण गरेका हुन् ।

जिम्मेवारी सम्हालेको अवसरमा आयोजित स्वागत कार्यक्रममा प्रहरी निरीक्षक जोहारीले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूसँग भेटघाट गर्दै सेवा, शुशासन र संगठनको प्रगतिको विषयमा महत्वपूर्ण निर्देशन दिएका थिए ।

निरीक्षक जोहारी विगतमा विभिन्न स्थानहरूमा सफल नेतृत्वदायी भूमिकामा रहीसकेका एक अनुभवी प्रहरी अधिकृत हुन् ।

उनले यसअघि जिल्ला ट्राफिक कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय कमलबजार, अछाम लगायतका कार्यालयको नेतृत्व सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077