Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुन चोरी प्रकरणमा पक्राउ परेका खड्कासँग डीएसपी थापाको कनेक्सन

सुन चोरी प्रकरणमा पक्राउ परेका खड्कासँग डीएसपी थापाको कनेक्सन

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । लामो समयदेखि प्रहरीको संरक्षणमा रहँदै आएका अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का अन्ततः प्रहरीको फन्दामा परेका छन् ।

भारतबाट सुन चोरी गरी नेपाल भित्र्याउने गिरोहसँग सम्बन्धित भएको आशंकामा आइतबार खड्कालाई इलाका प्रहरी कार्यालय मालाखेतिको टोलीले पक्राउ गरेको हो ।

स्रोतका अनुसार खड्का यसअघि मालाखेती प्रहरी प्रमुख गंगा बहादुर थापासँग नजिक थिए । उनी थापालाई व्यक्तिगत सवारीमा घुमाउने, स्वागत–सत्कार गर्ने जस्ता गतिविधि गर्दै प्रभाव जमाउने गरेका थिए।

तर डीएसपी थापाको सरुवा भएपछि उनीमाथि कारबाही अघि बढाइएको हो । डीएसपी थापासँग व्यवसायी खड्काको कनेक्सन रहेको आशंका व्यक्त गरिएको छ । डीएसपी थापाको सरुवा भए लगत्तै खड्का पक्राउ पर्नुलाई झनै शंकास्पद रुपमा हेरिएको छ ।

थापाको स्थानमा हालसम्म नयाँ डीएसपी नआएको फाइदा उठाउँदै कैलाली प्रहरीको टोलीले खड्कालाई नियन्त्रणमा लिएको हो । प्रहरीले खड्कासँगै धनगढीका दुई सुनचाँदी व्यवसायी र अन्य केही व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ, यद्यपि उनीहरूको नाम गोप्य राखिएको छ ।

मालाखेतीका इन्स्पेक्टर दान सिंह भण्डारीका अनुसार 'माथिको आदेश' का आधारमा खड्कालाई पक्राउ गरिएको हो।खड्कालाई कैलाली जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077