Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाली सेनामा जागिरको अवसर, करारमा ३० शिक्षक र २ कर्मचारी माग

नेपाली सेनामा जागिरको अवसर, करारमा ३० शिक्षक र २ कर्मचारी माग

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । नेपाली सेनाले करार सेवामा ३० जना शिक्षक माग गरेको छ ।

सैनिक कल्याणकारी निर्देशनालयले आज सूचना जारी गर्दै दैनिक ज्यालादारी रुपमा पारिश्रमिक बुझ्ने गरि ३० जना शिक्षक र दुई जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

सैनिक आवासिय मावि भक्तपुर, विजेश्वरी ज्ञान मन्दिर, सैनिक महाविद्यालय विजेश्वरी, रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसवारी, स्वेततारा पूर्व प्राथमिक सैनिक विद्यालय छाउनी, सैनिक आवासिय महाविद्यालय बुटवल, सैनिक आवासिय महाविद्यालय पोखरा, सैनिक आवासिय महाविद्यालय महोत्तरी, सैनिक आवासिय महाविद्यालय चितवन लगायतका स्थानमा सेनाले सञ्चालन गरेका विद्यालयका लागि शिक्षक माग भएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले एक साताभित्र दरखास्त दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077