Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बर्दियाबाट २१ किलो बढी अफिमसहित दुईजना पक्राउ

बर्दियाबाट २१ किलो बढी अफिमसहित दुईजना पक्राउ

सोमवार , बैशाख २२, २०८२

बर्दिया । प्रहरीले बर्दियामा २१ किलो बढी अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका-७ का ३७ वर्षीय भक्तबहादुर शाही र चितवनको राप्ती नगरपालिका-११ आरपानीका २७ वर्षीय कुमार वाइबा रहेका छन् ।

लागुऔषध अफिम लुकाई छिपाई नेपालगन्ज तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी चेपाङबाट खटिएको टोलीले बर्दियाको बाँसगढी नगरपालिका-१ चेपाङ स्थित रत्नमार्ग सडकखण्डबाट पक्राउ गरेको हो।

लु ८० प १४६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक शाही र सोही मोटरसाइकलमा सवार वाइबालाई अफिमसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

चेकजाँचका क्रममा कालो प्लाष्टिकको झोला भित्र २२ वटा पोका बनाइएको २१ केजी ५६७ ग्राम अफिम फेला परेको थियो । उनीहरुमाथि जिल्ला अदालत बर्दियाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077