काठमाडौं । उच्च अदालत पाटन, हेटौँडाले रास्वपाका सभापति रवि लामिछानेको रिटमा कैफियत प्रतिवेदन मगाउने आदेश दिएको छ ।
सोमबार उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश शान्ता सेढाइँको एकल इजलासले रास्वपाका सभापति लामिछानेले धरौटी बदर मागसहित दायर गरेको निवेदनमा सो आदेश गरेको हो ।
न्यायाधीश सेढाइँले चितवनको सहारा सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेसँग ५४ लाख धरौटी माग गर्ने चितवन जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरे ।
२०८१ माघ २४ गते चितवन जिल्ला अदालतले लामिछानेसँग ५४ लाख रुपियाँ धरौटी माग गरेको थियो ।