काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा वर्तमान गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्त हुन ढिला नभएको पनि उनको जिकिर छ । सत्तारुढ गठबन्धनमा डा गुणाकर भट्ट लाई गभर्नर बनाउने यस अघि नै सहमति भैसकेको थियो ।
तर नबिल बैंकका पूर्व सिइओ ज्ञानेन्द्र ढंगानाले आफू गभर्नर बन्न अत्यधिक चलखेल गरिरहेको आरोप लागेको छ । गभर्नरको उम्मेदवार बन्नका लागि उनले नबिल बैकको सिइओबाट राजीनामा दिएका थिए ।