कैलाली । प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले कैलाली प्रहरीको जिम्मेवारी सम्हालेका छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा, काभ्रेपलाञ्चोकबाट जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा सरुवा भएका राणाले मंगलबार जिम्मेवारी सम्हालेका हुन् ।
उनी मंगलबार मात्रै कैलाली आइपुगेका हुन् । उनलाई निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकी, प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहलगायतले स्वागत गरेका थिए ।
प्रहरी उपरीक्षक पदमबहादुर विष्टको सरुवा भएपछि नयाँ प्रमुखका रूपमा राणा हाजिर भएका हुन् । एसपी विष्टको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काज सरुवा भएको थियो ।