Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भाटभटेनीबाट महँगा ब्रान्डका मदिरासहित २ लाख बढीको सामान चोर्ने व्यक्ति पक्राउ

भाटभटेनीबाट महँगा ब्रान्डका मदिरासहित २ लाख बढीको सामान चोर्ने व्यक्ति पक्राउ

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट सामान चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका–२ स्थायी घर भई हाल भक्तपुर, ठिमी बसोबास गर्ने ३७ वर्षीय बिमल श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई आइतबार ठिमीबाट नियन्त्रणमा लिइएको हो ।

वैशाख २० गते काठमाडौं महानगरपालिका–५ मा रहेको भाटभटेनी सुपरमार्केटको ग्रोसरी डिपार्टमेन्टबाट दुई लाख १७ हजार बराबरको सामग्री चोरी गरेर उनी फरार थिए ।

चोरी गरिएका सामग्रीमा महँगा ब्रान्डका मदिरा, चुरोट र ड्राइफ्रुट्स रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077