काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका सहायक रथी मानबहादुर महरालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी महरालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उपरथी महरा हाल संयुक्त राष्ट्रसंघको लेबनानस्थित यूएनआईएफआईएल मिसनमा डेपुटी फोर्स कमान्डरको जिम्मेवारीमा कार्यरत छन् ।
प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मनोज थापा र महासेनानी अर्जुन बस्नेतलाई सहायक रथी दर्जाको र प्रमुख सेनानी ब्रजेश महर्जनलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।