काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराएका हुन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरूले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको जानकारी दिए ।
राष्ट्रियसभाको अर्को बैठक वैशाख २८ गते आइतबार दिउँसो सवा १ बजे बस्नेछ ।