Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रदीप नेपालको निधनले मुलुकले दूरदर्शी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

प्रदीप नेपालको निधनले मुलुकले दूरदर्शी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले वामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ एवं प्रखर चिन्तकको अपूरणीय क्षति बेहोर्नुपरेको बताएका छन् ।

नेता नेपालको असामयिक निधनप्रति मंगलबार शोक वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “प्रदीप नेपालको निधनसँगै नेपाली वामआन्दोलनले एक इमान्दार, निष्ठावान् र सिद्धान्तनिष्ठ नेता गुमाएको छ ।”

नेता नेपालले नेपालको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक परिवर्तनको यात्रामा खेलेको भूमिका स्मरणीय र प्रेरणादायी रहिरहने बताए ।

सभामुख घिमिरेले उनको पूर्वी नेपालका गाउँगाउँमा जनतासँगको सामीप्यता र आत्मीयता प्रगाढ रहेको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077