Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दाङमा ब्राउन सुगरसहित एक महिला पक्राउ

दाङमा ब्राउन सुगरसहित एक महिला पक्राउ

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । दाङमा ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् ।

दाङको राप्ती गाउँपालिका–१, भालुबाङ पुलचोक नजिकैबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, वैशाख २३ गते साँझ करिब ५ः५० बजे घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको टोलीले गाडी जाँच गरेको हो।

गाडीमा सवार ऐरावती गाउँपालिका–२, बह्राखुट्टीकी २० वर्षीया सरिता सार्कीको रीतपूर्वक खानतलासी गर्दा उनले भित्री कपडामा लुकाएको अवस्थामा २ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहीले जानकारी दिएका छन् ।

प्रहरीले उक्त महिला पक्राउ गरी लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077