Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आईजीपी थापाद्धारा एसएसपी पाललाई दर्ज्यानी चिन्ह प्रदान

आईजीपी थापाद्धारा एसएसपी पाललाई दर्ज्यानी चिन्ह प्रदान

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योग बहादुर पाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा बुधबार एक कार्यक्रमकाबीच हालै प्रविधिक समूहअन्तर्गत विधि विज्ञान शाखामा प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका पाललाई प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा आईजीपी थापाले पाललाई बधाई ज्ञापन गर्दै भविष्यमा अझै इमान्दारिता, निष्ठा र दक्षताका साथ सेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनी नेपाल प्रहरी प्रदेश कार्यालय विधिविज्ञान इकाई धरानमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077