Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

डीआईजी डम्बरबहादुरले सम्हाले सुदूरपश्चिम प्रहरी प्रमुखको जिम्मेवारी

डीआईजी डम्बरबहादुरले सम्हाले सुदूरपश्चिम प्रहरी प्रमुखको जिम्मेवारी

बुधवार , बैशाख २४, २०८२

धनगढी । प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिकले सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् ।

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्र (चलानी नं. ६७३६) अनुसार सरुवा भई आएका डीआईजी बिकले बुधबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण समारोहमा प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरू, महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालय, तथा कैलाली र कञ्चनपुर जिल्लास्थित विभिन्न प्रहरी इकाइका प्रमुखहरूले डीआइजी बिकलाई स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी बिकले प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, प्रहरी जनशक्ति व्यवस्थापन लगायतका विषयमा प्रारम्भिक जानकारी लिएका थिए ।

उनले मातहत प्रहरी कर्मचारीहरूसँग समन्वयात्मक रूपमा कार्य गर्दै अपराध नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

डीआईजी बिकले आफ्नो निर्देशनमा शून्य सहनशीलता नीतिअन्तर्गत लागू औषध, तस्करी, जुवातास लगायतका गैरकानुनी गतिविधिविरुद्ध कडाइका साथ कार्य गर्नुपर्ने धारणा व्यक्त गरे ।

साथै, डीआईजी बिकले नागरिकमैत्री सेवा प्रवाह, पीडितमैत्री प्रहरी व्यवस्था, सुशासन, मानव अधिकारको संरक्षण, भ्रष्टाचार नियन्त्रण, आचरणमा सुधार तथा आर्थिक अनुशासनमा ध्यान दिनुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077