Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाल धितोपत्र बोर्डमा अख्तियारको छापा

नेपाल धितोपत्र बोर्डमा अख्तियारको छापा

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बुधबार बोर्डमा छापा मारेको हो ।

पाइपलाइनमा रहेका आइपीओका विषयमा अख्तियारको टोलीले सोधपुछ गरेको बताइएको छ । आइपीओ निष्कासनका लागि कमिसनको चलखेलको भएको आशंकामा अख्तियारको टोलीले बोर्डका पदाधिकारीसँग सोधपुछ पनि गरेको छ ।

निजी ऊर्जा उत्पादकहरूले आइपीओ निष्कासन स्वीकृति गर्नु अगाडि घुस मागेको आरोप लगाउँदै आएका थिए । सोही आधारमा अख्तियारले छापा मारेको बुझिएको छ ।

आइपीओ निष्कासनका लागि ८९ कम्पनीहरू पाइपलाइनमा रहेका छन् । अख्तियारको टोलीले विभिन्न कागजात समेत लिएर गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077