Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

घुसको २ लाखसहित नवलपरासी अदालतका सहायक कम्प्युटर अपरेटर पक्राउ

घुसको २ लाखसहित नवलपरासी अदालतका सहायक कम्प्युटर अपरेटर पक्राउ

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । जिल्ला अदालत पश्चिम नवलपरासीका सहायक कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले अदालतका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

लागूऔषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग छुटाई दिन सहजीकरण गर्ने भन्दै उनले घुस मागेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उनलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुर चोकबाट घुससहित नियन्त्रणमा लिइएको उनले बताए । उनीमाथि अख्तियारले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077