Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

साढे दुई करोड अनलाइन ठगी गरेको आरोपमा सातजना पक्राउ

साढे दुई करोड अनलाइन ठगी गरेको आरोपमा सातजना पक्राउ

बिहिवार , बैशाख २५, २०८२

धनुषा । धनुषा प्रहरीले अनलाइन माध्यमबाट साढे दुई करोड ठगी गरेको अरोपमा सात जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षिय सुरज साह, सर्लाहीको बरहथवा नगरपालिका–७ का २२ वर्षिय नितेश कुमार साह, महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षिय रोशन साह, २१ सुधीर कुमार महतो, गौशाला–२ का १९ वर्षिय अमित साह, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षिय श्याम सुन्दर महरा र क्षीरेश्वरनाथ –१ का २० वर्षिय राम कुमार महरा रहेका छन्।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले पक्राउ परेका युवाहरु कुलतमा फँसेका युवाहरु रहेको बताए। पक्राउ परेका युवाहरुले अनलाईन माध्यमबाट विभिन्न किसिमको मोबाईल तथा लत्ता कपडाहरु लगायतका सर–सामानहरु सस्तोमा दिने भनि इन्सटाग्राम, टिकटक, फेसबुक, ह्वाट्सप लगायतको सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्दै आएका थिए ।

पक्राउ परेका युवाको साथबाट विभिन्न बैँक तथा वालेट गरी १८७ वटा खाताहरुको विवरण फेला परेको र उक्त खाताहरुबाट हालसम्म २ करोड ६३ करोड ९३ लाख १९२ रुपैयाँ बराबरको कारोवार भएको देखिएको हो । हाल उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077