Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पाकिस्तानसँगको तनाव बढाउन चाहँदैनौं, आक्रमण गरे छाड्दैनौँ : एस जयशंकर

पाकिस्तानसँगको तनाव बढाउन चाहँदैनौं, आक्रमण गरे छाड्दैनौँ : एस जयशंकर

बिहिवार , बैशाख २५, २०८२

एजेन्सी । भारतीय विदेशमन्त्री एस. जयशंकरले पाकिस्तानले आक्रमण गरे त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् ।

बिहीबार ईरानसँगको कूटनीतिक वार्ताका क्रममा ‘अपरेशन सिन्धूर’ को जानकारी दिँदै उनले सो चेतावनी दिएका हुन् ।

भारतले केवल आतंकवादी ठेगानाहरूलाई मात्र निशाना बनाएको उनको दाबी छ ।

उनले भने, ‘हामी पाकिस्तानसँगको तनाव बढाउन चाहँदैनौं, तर यदि पाकिस्तानले हमला गर्छ भने त्यसको जवाफ दिनेछौं ।’

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच विशेष बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077