Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गुप्तचरमा बेथिती : एसपीमा बढुवा भएका डीएसपीकै जिम्मेवारीमा

गुप्तचरमा बेथिती : एसपीमा बढुवा भएका डीएसपीकै जिम्मेवारीमा

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा १५ महिना हुँदा पनि जिल्ला प्रमुखका रुपमा कार्यरत एसपीहरुको सरुवा हुन सकेको छैन । विभागका प्रमुख हुतराज थापाले सरुवा निकाल्न सकेका छैनन्।

अवस्था कस्तो छ भने बढुवा भएका कतिपय एसपी त डीएसपीकै जिम्मेवारीमा छन्।

ताप्लेजुङका संजय मण्डल, संखुवासभाका उमेश पाण्डे, दैलेखका हिरन्य कुँवर तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत सरोज निरौला गत १२ पुसमा एसपीमा बढुवा भएका हुन्।

तर, डीएसपी प्रमुख हुने जिल्लामै उनीहरु कार्यरत छन् । बढुवा भएको पदअनुसार उनीहरुलाई जिम्मेवारीमा दिइएको छैन । बढुवा भएको पाँच महिनासम्म पनि पदस्थापन गर्न नसक्नुले विभागभित्रको बेथिती देखाउँछ ।

त्यसो त विभागका प्रमुख थापाको कार्याकाल अब चार महिना मात्र बाँकी छ । कार्यकालको अन्तिमतिर पुग्दा उनले विभागमा कमाण्ड खस्किदै गएको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077