Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनाविरुद्ध ५ दिन म्याद थप

रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनाविरुद्ध ५ दिन म्याद थप

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

उनीहरूविरुद्ध सातौं पटक राज्य विरुद्धको कसुरमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोना सिंहको इजलासले म्याद थप गरेको हो । 

पछिल्लोपटक वैशाख २१ गते म्याद थप गरिएकोमा बिहीबार सकिएपछि पुनः म्याद थप गरिएको हो ।

गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा थुप्रै घर तोडफोड एवं आगजनी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077