Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

वैवाहिक बलात्कारका आरोपी कतारबाट पक्राउ

वैवाहिक बलात्कारका आरोपी कतारबाट पक्राउ

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । वैवाहिक करणी मुद्दाका फरार प्रतिवादी इन्टरपोलको सहायतामा कतारबाट पक्राउ परेका छन्।

वीरगंज महानगरपालिका–३१ बेलवा प्रसौनीका समसुदिन अन्सारी कतारबाट पक्राउ परेका हुन्।

उनी फरार रहेपछि प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी गराएको थियो। त्यसपछि एनसिबि कतार दोहाको समन्वयमा उनी कतारमा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ। पक्राउ पछि मुद्दाको कारबाही गर्न÷गराउन नेपाल फिर्ता ल्याइएको छ।

‘फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो,’ प्रहरीले भनेको छ, ‘उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने छ।’

अन्सारीसँग जोडिएको बलात्कार घटना एकवर्ष अघि ०८१ साउन १३ गतेको रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077