Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

बिहिवार , बैशाख २५, २०८२

लमजुङ । कक्षा १२ को वार्षिक परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित आदर्श बाल माध्यमिक विद्यालयमा बिहीबार ‘फाइनान्स’ विषयको परीक्षा दिइरहेका बेला चेकजाँचको क्रममा नक्कली परीक्षार्थी फेला परेका हुन् ।

प्रहरीका अनुसार सुन्दरबजार–५ बसोबास गर्ने २० वर्षीय विशाल गुरुङको सिम्बोल नम्बरबाट परीक्षा दिइरहेका अर्कै व्यक्ति, सोही वडाका २० वर्षीय आयुष गुरुङलाई पक्राउ गरिएको हो ।

हाल दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077