Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बलात्कारको आरोप लागेका बैतडीका चन्द अछामबाट पक्राउ

बलात्कारको आरोप लागेका बैतडीका चन्द अछामबाट पक्राउ

शुक्रवार , बैशाख २६, २०८२

अछाम । अछाम प्रहरीले जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बस्ने २३ वर्षीय मोहन बहादुर चन्द पक्राउ परेका हुन् ।

चन्दले परिवर्तित नाम ६९ मंगलसेन ६४ की युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०८१ साल माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो ।

घटना भएको मिति देखिनै फरार रहेका चन्दलाई खोजतलास गर्ने क्रममा प्रहरीलाई विशेष गोप्य सूचनाका आधारमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीस्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

बिहीबार साँझ ५ बजे खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरेको हो । उनलाई हाल जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखिएको छ छ । प्रहरीले उनीमाथि थप अनुसन्धान कार्य थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077