Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

हाजिर भएको ९ दिनमै डोल्पाबाट किन तानिए डीएसपी ?

हाजिर भएको ९ दिनमै डोल्पाबाट किन तानिए डीएसपी ?

शुक्रवार , बैशाख २६, २०८२

डोल्पा । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर केसी हेडक्वार्टर तानिएका छन् ।

डोल्पामा हाजिर भएको नौ दिनमै डीएसपी केसी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् ।

स्रोतका अनुसार उनले प्रहरी नायब निरीक्षक (सई) माथि हातपात गरेको आरोप छ । उनी यही वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएका थिए ।

तर उनले हाजिर भएको आठ दिनमै मुद्दा फाँटमा पाँच वर्षदेखि कार्यरत सईलाई कुटपिट गरेको बताइएको छ । हेडक्वार्टरले घटना थाहा पाएको भोलिपल्टै उनलाई तानेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077