Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कार्यविधिविपरीत डीएसपी अवस्थीलाई इप्रका इञ्चार्जको जिम्मेवारी

कार्यविधिविपरीत डीएसपी अवस्थीलाई इप्रका इञ्चार्जको जिम्मेवारी

शुक्रवार , बैशाख २६, २०८२

धनगढी । कैलालीको इलाका प्रहरी कार्यालय सुखडमा प्रहरी नायव उपरीक्षक (डीएसपी) खटाइएको छ । प्रहरी प्रधान कार्यालयले वैशाखको दोस्रो साता निकालेको सरुवा सूचीमा इप्रका सुखडमा डीएसपी खटाइएको थिएन ।

त्यसपछि अनलाइन नेपालले उक्त विषयमा प्रश्न उठाउँदै समाचार प्रकाशित गरेपछि केही दिनमै डीएसपी रमेश अवस्थीलाई काजमा खटाउने निर्णय आएको हो ।

[insert page='343059' display='yopanipadhnuhos.php']

प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत अवस्थीलाई एक हप्ता अगाडि इप्रका सुखडको इञ्चार्ज बनाएर पठाइएको थियो । सुखडमा गत चैत ५ गते दिपेन्द्र कुमार पाल विवादित बनेपछि महेन्द्रनगरस्थित गणमा तानिएका थिए ।

त्यस यता इप्रका सुखड नेतृत्वविहीन थियो । तर डीएसपी अवस्थीलाई इप्रका सुखडको इन्चार्जको जिम्मेवारी दिइएपछि प्रश्न  चिन्ह खडा भएको छ । उनी गत फागुन महिनामा मात्रै डीएसपीमा बढुवा भएका थिए ।

प्रहरीको सरुवासम्बन्धि कार्यविधिमा सामान्यतया बढुवाको ६ महिनासम्म इञ्चार्ज नपठाउने र पठाउनै परे 'ग' वर्गका कार्यालयमा पठाउने उल्लेख छ । तर उनलाई सो कार्यविधिविपरीत बढुवा भएको तीन महिनामै 'क' वर्गको कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077