Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

डीआईजी बिकको निर्देशन - देश र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्नुस्

डीआईजी बिकको निर्देशन - देश र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्नुस्

शुक्रवार , बैशाख २६, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिकले प्रदेश प्रहरी गण धनगढीको निरीक्षण गरेका छन् ।

उनले शुक्रबार गणको कार्यालय भवन, विभिन्न शाखा, क्वाटर गार्ड, ब्यारेक र मेसको स्थलगत अवलोकन गर्नुका साथै प्रहरी कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गरेका हुन् ।

निरीक्षण कार्यक्रममा डीआईजी बिकले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

उनले आपसी सद्भाव, सामूहिक भावना र असल आचरणलाई प्रहरी सेवाको आधार मान्दै सेवा प्रवाहमा इमान्दारिता र अनुशासनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।

डीआईजी बिकले संगठनको मिडिया नीति विपरीत सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गैह्र व्यवसायिक आर्थिक क्रियाकलापमा संलग्न नहुन र प्रहरी आचरण विपरीत कुनै पनि गतिविधिमा नलाग्न चेतावनी दिए ।

साथै बल प्रयोगको अवस्था आइपरेमा मानव अधिकारको सम्मान गर्दै व्यावसायिक रूपमा संयमित ढंगले कार्य सम्पादन गर्न निर्देशन दिँदै उनले प्रहरीको मानसिक तथा शारीरिक स्वास्थ्य जोगाउनुपर्नेमा जोड दिए ।

उनले प्रहरी कर्मचारीका व्यक्तिगत वा व्यावसायिक समस्या तथा गुनासा सम्बन्धित निकायमा विधि र प्रक्रिया अनुसार प्रतिवेदन गर्न सकिने र संगठनले त्यसको यथोचित सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सिनियर प्रहरी अधिकृतहरू, गण प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077