काठमाडौं । राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।
सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि भन्दै आन्दोलनरत समिति शुक्रबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको हो ।
काठमाडौंको सुकेधाराबाट सुरु भएको र्याली महाराजगंञ्ज चोक, बालाजु, कलंकी हुँदै बल्खु पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरू सहभागी थिए ।
समितिले जेठ १५ देखि राजसंस्था पुनर्स्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरेको छ ।