Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति बिदामा आपूरण गर्न अनुरोध

शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति बिदामा आपूरण गर्न अनुरोध

शनिवार , बैशाख २७, २०८२

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन माग गर्दै ऐएका आन्दोलनका कारण विद्यार्थीको सिकाइमा परेको असरलाई सम्बोधन गर्न शिक्षक तथा विद्यालय प्रशासनलाई अपिल गरेको छ ।

महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सबै प्रधानाध्यापक र शिक्षक–कर्मचारीलाई आफ्नो सुविधाअनुसार हिउँदे वा वर्षे विदा उपयोग गरी पठनपाठनको क्षतिपूर्ति गर्न अनुरोध गरिएको हो ।

महासङ्घले २०८१ माघ २० गतेदेखि सुरु गरेको शिक्षक-कर्मचारी आन्दोलन ८९ दिनसम्म सञ्चालन गरेको थियो, जसमा काठमाडौं केन्द्रित २९ दिन लामो शान्तिपूर्ण शैक्षिक सडक आन्दोलन भएको थियो ।

महासंघले आन्दोलनकै कारण विगतमा सहमति भई पनि कार्यान्वयनमा नआएका विषयहरू मन्त्री परिषदबाट निर्णयमार्फत कार्यान्वयनमा ल्याएको दाबी गरेको छ।

साथै, विद्यालय शिक्षा विधेयक २०८२ असार १५ भित्र प्रतिनिधि सभाबाट पारित हुने सुनिश्चिततासमेत भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077