Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राम्रो काम गर्न खोज्दा घेराबन्दीमा पर्ने गरेको छु : प्रचण्ड

राम्रो काम गर्न खोज्दा घेराबन्दीमा पर्ने गरेको छु : प्रचण्ड

शनिवार , बैशाख २७, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरूले राम्रो काम गर्न खोज्दा घेराबन्दीमा पर्ने गरेको बताएका छन् ।

२५औं निर्मल लामा स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डलले यस्तो बताएका हुन् ।

उनले समाजवादी क्रान्तिको तयार गर्न खोज्दा घेराबन्दीमा पर्ने गरेको बताए । प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादीहरुले घेराबन्दी गर्ने, भ्रम छर्ने, अनेक षडयन्त्रहरु गर्ने गरेको उनको गुनासो छ ।

उनले अहिले फेरि आफूले कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी, आदर्शन र निष्ठातिर लैजान लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077