Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भारतले भन्यो - पाकिस्तानी आक्रमणले हाम्रो सैनिक पूर्वाधारमा कुनै क्षति भएको छैन

भारतले भन्यो - पाकिस्तानी आक्रमणले हाम्रो सैनिक पूर्वाधारमा कुनै क्षति भएको छैन

शनिवार , बैशाख २७, २०८२

एजेन्सी । पाकिस्तानी मिसाइल आक्रमणले सैनिक पूर्वाधारमा कुनै पनि क्षति नपुगेको भारतले दाबी गरेको छ । भारतीय वायुसेनाकी विंग कमान्डर व्योमिका सिंह र विदेश सचिव विक्रम मिश्रीले यस्तो दाबी गरेका हुन् ।

बीबीसीका अनुसार यसअघि पाकिस्तानले भारतको पञ्जाबमा रहेको सैन्य सुविधाहरूमा प्रहार गरेको र भारतको पंजाबको रहेको ब्रह्मोस मिसाइल भण्डारण केन्द्र नष्ट गरेको दाबी गरेको थियो ।

पाकिस्तानले अडामपुरमा भारतीय एस–४०० प्रणाली ध्वस्त, सुरत र सिरसामा वायुक्षेत्रहरूको नष्ट, नगरोटामा ब्रह्मोस स्पेस, डेरांग्यारीमा तोपखाना र चण्डीगढको गोलाबारुद गोदामलगायत अन्य सैनिक क्षेत्रहरूलाई ठूलो क्षति पुगेको दाबी गरेको छ ।

तर भारतीय रक्षा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय वायुसेनाकी विंग कमान्डर व्योमिका सिंहले पाकिस्तानले सामाजिक संजालमा निरन्तर गलत सूचना प्रवाह गर्ने अभियान चलाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077