Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भारत र पाकिस्तानबीचको युद्धविरामपछि मोदीले गरे उच्चस्तरीय छलफल

भारत र पाकिस्तानबीचको युद्धविरामपछि मोदीले गरे उच्चस्तरीय छलफल

शनिवार , बैशाख २७, २०८२

एजेन्सी । भारत र पाकिस्तानबीच जारी तनाव युद्धविरामपछि रोकिएको छ ।

त्यसलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले राति करिब ८ बजे रक्षा मन्त्री, चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) र तीनवटै सेनाका प्रमुखहरूसँग बैठक गरेका हुन् ।

प्रधानमन्त्री निवास (एलकेएम) मा सम्पन्न उक्त बैठकमा विदेशमन्त्री डा. एसं जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाल, सीडीएस र थल, जल, वायुसेनाका प्रमुखहरू उपस्थित थिए ।

शुक्रबार राति पाकिस्तानी पक्षले जम्मु–कश्मीर, पञ्जाब, राजस्थानदेखि गुजरातसम्मका २६ स्थानमा ड्रोन हमला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077