काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन 'अनन्त'ले वर्तमान सरकारको गलत रवैयाका कारण प्रतिगामी शक्ति हौसिएरको बताएका छन् ।
पार्टीको रामेछाप–काठमाडौँ सम्पर्क समन्वय समितिको अधिवेशनलाई शनिबार राजधानीमा उद्घाटन गर्दै पुनले यस्तो बताएका हुन् ।
उनले राजावादी शक्ति उत्साहित हुनुमा प्रधानमन्त्री केपी ओलीका क्रियाकलाप जिम्मेवार रहेको आरोप लगाए ।
ओलीले सहकारी, भुटानी शरणार्थी र मिटर व्याजमा मुछिएका सत्तारुढ दल निकटका व्यक्तिहरूलाई छानिछानी जोगाउने र विपक्षीमाथि प्रतिशोध साँधेको उनले बताए ।