एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष वार्तानिम्ति गरेको प्रस्ताव सकारात्मक रुपमा लिएका छन् । टर्कीको स्तानबुलमा जेलेन्स्किीले आफू युद्धविराम वार्तानिम्ति पुटिनसँग भेट्न तयार रहेको बताएका हुन् ।
उनले भने, “रुसले अन्ततः युद्धको अन्त्यनिम्ति विचार गर्न सुरु गर्नु सकारात्मक संकेत हो । सम्पूर्ण विश्व नै धेरै अगाडिदेखि यसैको पर्खाइमा थियो । हरेक युद्धको अन्त्यनिम्ति पहिलो खुड्किलो भनेको युद्धविराम हो ।”
उनले एक दिनका लागि पनि हत्या जारी राख्नुको कुनै अर्थ नभएको बताए ।
रुसले भोलि मे १२ देखि लागु हुने गरी पूर्ण, दीर्घकालीन र विश्वसनीय युद्धविराम घोषणा गरोस्, युक्रेन त्यसका निम्ति तयार छ,” उनले भने । यसअघि पुटिनले प्रत्यक्ष वार्ताका लागि युक्रेनलाई आह्वान गरेका थिए ।