Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भारतीय सेनाले भन्यो - 'अपरेसन सिन्दूर'मा १०० आतंककारी मारिए

भारतीय सेनाले भन्यो - 'अपरेसन सिन्दूर'मा १०० आतंककारी मारिए

आइतवार , बैशाख २८, २०८२

एजेन्सी । भारतीय सेनाले 'अपरेसन सिन्दूर' मा १०० भन्दा बढी आतंकवादी मारिएको दाबी गरेको छ ।

भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि भारतीय सेनाले आइतबार साँझ पहिलोपटक पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरेको हो ।

पत्रकार सम्मेलनमा डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले अपरेसन सिन्दूरमा १०० भन्दा बढी आतंकवादी मारिएको बताए ।

पत्रकार सम्मेलनमा सेनाका तर्फबाट लेफ्टिनेन्ट जनरल घई, वायुसेनाका तर्फबाट एयर मार्सल एके भारती तथा नौसेनाका तर्फबाट भाइस एडमिरल एएन प्रमोद र मेजर जनरल एसएस शारदाले अपरेसन सिन्दूरको बारेमा जानकारी दिए ।

'सेनाद्वारा नौ आतंकवादी लुकेका ठाउँहरूमा सटीक लक्ष्यका साथ आक्रमण गरियो । यी आक्रमणहरूमा १०० भन्दा बढी आतंककारीहरू मारिए । यसमा युसुफ अजहर, अब्दुल मलिक रौफ र मुदस्सीर अहमद जस्ता उच्च मूल्यका आतंककारीहरू समावेश थिए,' घईले ब्रिफिङको क्रममा भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077