एजेन्सी । अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको छ ।
“मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ, अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन् । यस सम्झौताको बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी दिइएको छ । यसको विवरण भोलि जारी गरिनेछ,” अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने ।
अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरल पछिल्ला दुई दिन धेरै रचनात्मक भएको बताएका छन् ।