Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने-भारत र पाकिस्तानको झण्डै हात हालाहाल भएको थियो, हामीले कुरा गरेपछि रोकियो

प्रधानमन्त्री ओलीले भने-भारत र पाकिस्तानको झण्डै हात हालाहाल भएको थियो, हामीले कुरा गरेपछि रोकियो

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुझाव दिएपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकिएको बताएका छन् ।

आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘झण्डै–झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो। तर त्यो हात हालाहाल बढ्न पाएनन्। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कामना गर्‍यौं ।’

प्रधानमन्त्री ओलीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद समेत दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077