Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

समय सान्दर्भिक हुलाक सेवा ऐन ड्राफ्ट गरिरहेकाछौँ : मन्त्री गुरुङ

समय सान्दर्भिक हुलाक सेवा ऐन ड्राफ्ट गरिरहेकाछौँ : मन्त्री गुरुङ

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई व्यापक परिवर्तन गर्नेगरी ऐन ल्याउन लागिएको बताएका छन् ।

हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्‌घाटन गर्दै उनले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रविधिले फड्को मारिरहेको बेलामा हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले यसमा व्यापक परिवर्तन खाँचो रहेको उनको भनाई थियो ।

उनले भने, ‘हुलाक सेवाको विकास हुन सकेको छैन्, पुरानै तरिकाले चलिरहेको अवस्था छ । अब यसको सेवालाई थप प्रभावकारी बनाउनका लागि नीति नै परिवर्तन हुन्छ, यसका लागि हामीले ऐन ड्राफ्ट गरिरहेकाछौँ ।’

ऐन बनिसकेपछि सङ्घीयताको मर्मअनुसार आधुनिक रूपमा हुलाक सेवा सञ्चालन हुने उनले बताए ।

पुरानो ऐनबाट हुलाक सेवा चलाएर प्रतिफलको आशा गर्नु गलत हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077