Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पूर्वी नवलपरासीको चोरमारा पुल भाँचियो, नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

पूर्वी नवलपरासीको चोरमारा पुल भाँचियो, नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

मंगलवार , बैशाख ३०, २०८२

दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको चोरमारा पुल भाचिँदा नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

मध्यविन्दु नगरपालिका–७ चोरमारा बजारको पश्चिम तर्फ रहेको गिरुबारी पुलको पूर्व तर्फको बायाँ भाग भाचिँदा अहिले पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

लोड गाडी पुलबाट पास हुने क्रममा पुल लच्किएर डेढ फिट तल झरेको प्रहरीले जनाएको छ । पुल भाचिएपछि पूर्व–पश्चिम हिँडेका सवारी साधन चोरमारा र अरुणखोलामा रोकिएको प्रहरीले जनाएको छ ।

ठूला सवारी साधन, लोड गाडी र टेलरहरु भित्री बाटोमा मोड नपुग्ने हुँदा रोकिएको र अन्य वैकल्पिक मार्गको प्रयोग गरि यात्रा गर्नु प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077