Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बिहेमा नाचगान गरिरहेका दुई महिलाको करेन्ट लागेर मृत्यु

बिहेमा नाचगान गरिरहेका दुई महिलाको करेन्ट लागेर मृत्यु

बुधवार , जेठ १, २०८२

मोरङ । विवाहमा नाचगान गरिरहेका बेला करेन्ट लागेर मोरङमा दुई महिलाको मृत्यु भएको छ ।

गए राति रतुवामाई नगरपालिका–३, स्थित मिर्चा डाँगी टोलमा भएको एउटा विवाह समारोहमा सहभागी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्थानीय मंगललाल सिंहका छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको थियो ।

राति आएको हावाहुरीले माइक टांगेको बाँस ढलेको थियो । बाँस हाइटेन्सन लाइनमा ठोक्किएर तार लत्रिँदा तीन महिलालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । अर्की घाइते राधाकुमारी सिंहको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077