Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

इमरान खानले भने – मोदीले कायरता देखाए, देश मेरो र सेना मेरा हुन्

इमरान खानले भने – मोदीले कायरता देखाए, देश मेरो र सेना मेरा हुन्

बुधवार , जेठ १, २०८२

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबारे मुख खोलेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा नागरिक बालबालिका, महिला, वृद्धवृद्धा र प्रतिष्ठानहरूलाई निशाना बनाएर कायरता देखाएको बताएका हुन् ।

उनले आफ्ना सेनाहरूले पूर्ण शक्ति र सटीकताका साथ जवाफ दिएको उल्लेख गरे। साथै उनले देश र सेना आफ्नो रहेको बताए ।

इमरान खानले भने, ‘देश मेरो हो र सेना पनि मेरो हो।’ उनले भारतसँगको हालैको तनावले फेरि एक पटक पाकिस्तान बहादुर राष्ट्र हो भनेर प्रमाणित गरेको बताए ।

उनले भने, ‘जसरी हाम्रा सैनिकले सीमामा मोदीलाई पराजित गरे, त्यसरी नै पाकिस्तानी जनताले सामाजिक सञ्जालमा विश्वभर मोदी र आरएसएसको कथालाई पराजित गरे।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077