एजेन्सी । रुस र युक्रेनबीच टर्कीको स्तानबुलमा बिहीबारदेखि शान्ति वार्ता हुँदैछ ।
तर सो वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने छैनन् । वार्तामा भाग लिने व्यक्तिहरूको सूचीमा राष्ट्रपति भ्लादिमिर पुटिनको नाम समावेश छैन ।
रूस र युक्रेनबीचको तीन वर्ष चलेको पूर्ण युद्धको अन्त्य गर्नेबारे शान्ति वार्ता बिहीबारदेखि सुरु हुँदै छ ।
यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई वार्तामा सहभागी हुन आह्वान गरे पनि रुसले उनलाई सूचीबाट बाहिर राखेको हो ।
रूसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्कीले गर्नेछन् ।