कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ गते ११ बजे प्रदेशसभाको बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन बोलाउने कानुनी व्यवस्था छ ।
सुदूरपश्चिम प्रदेशसभा ठप्प भएको एक महिनाभन्दा बढी भएको छ ।