Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

चिनियाँ जनकंग्रेस उपाध्यक्ष र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

चिनियाँ जनकंग्रेस उपाध्यक्ष र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

बिहिवार , जेठ २, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेको स्थायी समितिका उपाध्यक्ष सीआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ ।

उनीहरुबीच प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौंमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए ।

उनले नेपालको विकास र समृद्धिका लागि चिनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत र समस्यारहित एवं हार्दिक सम्बन्ध रहिआएको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा तीव्ररूपमा गरेको विकास र त्यसको विश्वव्यापी प्रभावबाट आफू प्रसन्न रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077