Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अविवाहितको कमाइमाथि सरकारको गिद्धे नजर : सांसद थिङ

अविवाहितको कमाइमाथि सरकारको गिद्धे नजर : सांसद थिङ

बिहिवार , जेठ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सरकारलाई अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन भनेर प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राज्यलाई लाज नलाग्ने भए अविवाहितहरू जीवनको सबै कमाइ राज्यलाई बुझाउन तयार छन् भन्दै व्यङ्ग्य गरिन् ।

थिङले अर्थमन्त्रीसँग विभेदकारी कर नीति यसपालिदेखि खारेज गरियोस् भनी अर्थमन्त्रीसँग माग गरिन् ।

उनले भनिन्–‘कानूनमा परिवार भन्नाले आमाबाबु छोराछोरी पति पत्नी बाजे बज्यै र सौतेनी आमा भनिएको छ । बाबु आमा मरिसकेपछि अविवाहित व्यक्तिको परिवार नै हुँदैन । त्यो बेलामा राज्य अभिभावक हुनुपर्नेमा उल्टै राज्यले अविवाहितको कमाइमाथि गिद्धे नजर लगाइ अविवाहितको कमाइमा बढी कर लगाउँदै आएको छ । के राज्यले अविवाहितलाई कर लगाउने बाहेक अन्य कुनै करको दायरा भेटेनछ ।’

अविवाहित जीवनको सबै कमाइ राज्यलाई बुझाउन तयार भएको बताउँदै थिङले भनिन्–‘यदि राज्यलाई अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन भने, हामी अविवाहितलाई बढी कर उठाउँदा राज्य धनी हुन्छ भने सबै अविवाहित जीवनको सबै कमाइ राज्यलाई बुझाउन तयार छ । होइन भने राज्यले विवाहित र अविवाहितलाई विभेद गरी कर उठाउन पाइँदैन । विभेदकारी कर नीति यसपालिदेखि खारेज गरियोस् भनी अर्थमन्त्रीसँग जोडदार माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077