Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

५२ पदाधिकारीविरुद्धको रिटमा बहस सकियो, जेठ २८ गते फैसला आउने

५२ पदाधिकारीविरुद्धको रिटमा बहस सकियो, जेठ २८ गते फैसला आउने

बिहिवार , जेठ २, २०८२

काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिटमाथिको बहस सकिएको छ ।

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिमा विषयमा परेको रिटमाथि सुनुवाइ सकिएलगत्तै जेठ २८ का लागि निसु (निर्णय सुनाउने दिन) तोकिएको हो ।

साढे चार वर्ष पुरानो मुद्दाको बिहीबार बहस सकिएपछि दुवै पक्षका वकिलहरूलाई यही जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश भएको छ । यस्तै, यही जेठ २८ गतेका लागि निसु (फैसला सुनाउने मिति तय) भएको बताइएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा गत माघ ३० गते देखि हेर्दाहेर्दैमा राखी सुनुवाइ भइरहेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक गरी ५२ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक आयोगमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077