काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा बिहीबार साँझ बिजुली अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले ढल्केबर सबस्टेसनमा समस्या आएको जनाएको छ । जसका कारण काठमाडौंलगायत मध्य र पूर्वी नेपालभर नै बिजुली आउने–जाने समस्या भएको छ ।
प्राधिकरणका अनुसार, भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर मुजफरपुर लाइनमा समस्या आएको जनाएको छ ।
समस्या समाधानको काम भइरहेको पनि प्राधिकरणले जनाएको छ ।