Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

घुसको ५ लाख ७० हजार रुपैयाँसहित इन्जिनियर यादव पक्राउ

घुसको ५ लाख ७० हजार रुपैयाँसहित इन्जिनियर यादव पक्राउ

बिहिवार , जेठ २, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओखलढुङ्गास्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई पाँच लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्न सेवाग्राहीसँग यादवले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोली खटिएको थियो ।

सोही क्रममा यादवलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ बाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको हो ।

यादव सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बिहीबार पक्राउ परेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएको छ । आयोगले हाल उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077