Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

विद्युत प्रणालीमा समस्या देखिएपछि प्राधिकरणका निर्देशक शाक्यले गरे आकस्मिक निरीक्षण

विद्युत प्रणालीमा समस्या देखिएपछि प्राधिकरणका निर्देशक शाक्यले गरे आकस्मिक निरीक्षण

बिहिवार , जेठ २, २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्रणाली सञ्चालन विभाग, स्यूचाटारको आकस्मिक निरीक्षण गरेका छन् ।

विद्युत प्रणालीमा पटक–पटक अवरोध आएपछि उनले विभागमा प्रत्यक्ष उपस्थिति जनाउँदै निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले ढल्केबर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीलाई निर्देशन दिँदै समस्या समाधानका लागि आवश्यक कदम चाल्न आग्रह गरे ।

हाल नेपालमा भारतबाट आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको भारतीय पक्षमा देखिएको प्रविधिक समस्याका कारण लगातार विद्युत आपूर्ति अवरुद्ध भइरहेको प्राधिकरणले जनाएको छ।

विद्युत आपूर्ति अवरुद्धले काठमाडौंसहित देशका अधिकांश भागको जनजीवन प्रभावित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077