Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कुलेखानी–कलंकी–हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्किप मार्ग प्रयोग गर्न अनुरोध

कुलेखानी–कलंकी–हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्किप मार्ग प्रयोग गर्न अनुरोध

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । काठमाडौं–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलंकी–हुमाने सडक आजदेखि मर्मतका लागि १९ दिन बन्द हुने भएको छ ।

प्रहरी प्रधान कार्यालयले कुलेखानी–कलंकी–हुमाने सडक आजदेखि मर्मतका लागि बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अफ्ठ्यारो नहोस् भनेर उक्त सूचना जानकारी गराइएको बताए ।

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ ।

स्थानीय प्रशासन तथा स्थानीय तहबीचको समन्वयमा सवारीसाधन बन्द गरेरै उक्त सडक निर्माण गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077